अमेरिकी सैन्य शिबिर राख्ने भनिएको स्थानमा बिप्लब माओबादीको कालो ब्यानर

पाल्पा, माघ २४ ,
एमसिसीमा अमेरिकी सेनाको शिबिर राख्ने भनिएको पाल्पाको बसन्तपुरमा विप्लव अगुवाइको ने.क.पा. पाल्पाले कालो ब्यानर राखेर बिरोध सभा गरेको छ । तिनाउँ गाउँपालिकाको बसन्तपुर डाँडामा नेपाल कम्युनिस्ट पार्टी पाल्पाले राखेको कालो ब्यानरमा एमसिसी बिरोधि पाँच बुदा उल्लेख गरिएको छ ।  विरोध सभामा बोल्दै जिल्ला सेक्रेटरी जंजिरले मुलुकलाई चरम संकटमा फसाउँदै युद्धस्थल बनाउन दिने साेंचले प्रबेश गरेको एमसिसीका बिरुद्ध जुनसुकै मुल्य चुकाउन आफ्नो पार्टी तयार रहेको बताउनुभयो । उहाले बसन्तपूर नजिकैको जीतगढीबाट नेपाली फौजले उतिबेला अंग्रेज सेनालाई लखेटेजस्तै अमेरिकी सेनालाई पनि लखेट्न जनस्तरबाट अभियान प्रारम्भ भएको जानकारी दिनुभयो ।

जिल्ला इन्चार्ज प्रबिणले मुलुकै बेचिन लाग्दा समेत माथिको आदेश र उपदेश भन्दै हात बाँधेर बस्नेहरु इतिहासका घिनलाग्दा जोकर भएको आरोप लगाउनुभयो । कार्यक्रममा बोल्नेहरुले एमसिसी देश र जनताको विरुद्धमा रहेको दाबी गरेका थिए ।