पाल्पा महोत्सवको तयारी तिब्र

पाल्पा, माघ २३,
पाल्पामा हुन लागेको पाल्पा महोत्सवको तयारीलाई तिब्र पारिएको आयोजक पाल्पा ब्यापार संघले जनाएको छ । तानसेन–९, दमकडा खेलमैदानमा फागुन १ गतेदेखि हुन लागेको महोत्सव सफल पार्न मूल आयोजक समितिले नागरिक अगुवा, सामाजिक संघ संस्थाका प्रतिनिधि तथा व्यापारी व्यवसायीसँग छलफल गरेको छ ।  बुधबार माथागढीको सराईमा सरोकारवाला निकायसँग भएको छलफलमा पाल्पा व्यापार संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक चिरञ्जीवि पोखरेलले महोत्सव सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । तानसेनको मुख्य बजारले मात्र नभई ग्रामीण क्षेत्रले पनि विकासको सम्भावना बोकेकाले दमकडामा महोत्सव गर्न लागिएको उहाँको भनाई थियो । महोत्सवबाट नाफा कमाउने भन्दा पनि माडी क्षेत्रमा विकासको पहिचान गर्न, पाल्पाका विभिन्न स्थानका कृषि तथा घरेलु पर्यटन उद्योगको प्रचार गर्न महोत्सवले सहयोग पुग्ने अध्यक्ष पोखरेलले बताउनुभयो । कृषि र पर्यटन प्रबर्दन गर्ने स्टललाई निशुल्क प्रवेशको अवसर दिइएको भन्दै उहाँले माथागढी क्षेत्रमा उत्पादन भएका बस्तुको प्रचारका लागि महोत्सवमा निशुल्क रुपमा स्टल राखिने जानकारी दिनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष दिपक थापा, दिव्यज्योति माविका प्रधानाध्यापक नारायणप्रसाद अधिकारी, समाजसेवी खेमानसिंह राना, माउण्ट भ्याली बोर्डिङ् स्कुलका निर्देशक अशेष भट्टराई, सराई बजार व्यवस्थापन समितिका अध्यक्ष राजन बलाल, रुप्से स्वास्थ्य चौकीका प्रमुख यमबहादुर चिदी, लघु उद्यम विकास केन्द्रका निर्देशक वीरबिक्रम सु्नारले महोत्सव सफल बनाउन आ–आफ्नो तर्फबाट सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा सांस्कृृतिक उपसमितिका संयोजक थानेश्वर गैरेले पाल्पाका विभिन्न जातजातिका लोपोन्मुख संस्कृति झल्कने नाच तथा गीत महोत्सवमा प्रस्तुत हुने जानकारी दिनुभयो । संघले महोत्सव सफल बनाउन पाल्पाको दमकडा, मदनपोखरा, बगनासकाली, सराई, बाँसटारी लगायतका क्षेत्रका नागरिक तथा सरोकारवालासँग छलफल सम्पन्न गरेको जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *