आजको राशिफल

आज मिति २०७६ साल माघ १८ गते शनिबार । माघ शुक्ल पक्षको सप्तमी तिथि, सन् २०२० फेबु्रअरी १ तारिख ।

मेष राशि ( चु,चे,चो,ला,लि,लु,ले, लो अ )
आजको दिन राम्रो छ । आज शुरु गरेका काम सम्पन्न हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुने छ । घरपरिवार र छरछिमेकीको सहयोग प्राप्त हुनेछ । धर्मकर्ममा मन जानेछ । भोज भतेरमा आजको दिन बित्ने छ ।

वृष राशि ( इ,उ, ए, ओ,वा,वि,वु,वे,वो)
आजको दिन मध्यम छ । सोचेका काम अधुरा र अपुरै हुन सक्ने देखिन्छ । स्वास्थ्यमा समस्या आउने भएकाले शरिरमा आलस्य बढ्ने छ । साथीभाईहरु टाढिनेछन् । यात्रामा सकेसम्म ननिश्किएकै राम्रो देखिन्छ ।

मिथुन राशि ( का, कि, कु घ,ङ, छ,के,को, हा )
आजको दिन राम्रो छ । सबैको साथ, समर्थन र सहयोग पाउने भएकाले आज शुरु गरेका काम सुसम्पन्न हुनेछन् । चोरिएका, हराएका सापटी दिएका सरसामान प्राप्त हुनेछन् । धार्मिक र साहित्यिक कार्यमा मन जानेछ ।

कर्कट राशि ( हि, हु , हे, हो, डा,डि,डु,डे,डो )
भाग्य बलियो भएर आउने भएकाले आज शुरु गरेका जुनसुकै काम सम्पन्न हुनेछन् । नयाँस्थानको भ्रमणमा रमाउने र पार्टी तथा रमाईला कार्यक्रममा सरिक भइने छ । तपाइका शत्रुहरु आज साथी बन्नेछन् । प्रेममा सफलता हात लाग्ने छ ।

सिंह राशि ( मा,मि,मु, मे, मो, टा, टि,टु,टे )
मानसम्मान तथा पुरस्कार प्राप्त हुने दिन छ । ठुलाबडासंगको भेटघाटले मन प्रफुल्ल हुने छ । धार्मिक तथा साहित्यक क्षेत्रमा मन जानेभएकाले आज नयाँसाथीभाई संगको परिचय र सरसंगतले दिन रमाईलो संग बित्नेछ ।

कन्या राशि ( टो,पा,पि,पु,ष,ण,ठ,पे,पो )
आजको दिन मध्यमखालको छ । सामाजिक प्रतिस्ठा घट्ने छ । कुरा काट्नेहरु थपिनेछन् । शुत्रहरु बढ्नेछन् । व्यापार व्यवशाय र प्रेममा असफलता हुने छ ।

तुला राशि (रा,रि,रु, रे, रो, ता,ति, तु ,ते )
ब्यापारमा फाईदा हुने छ । नयाँ कामको शुरुवात हुनेछ । घरपरिवार र छरछिमेकको सहयोगले अधुरा र अपुरा कामहरु सुसम्पन्न हुनेछन् ।

वृश्चिक राशि ( तो,ना,नि,नु,ने,नो,या, यि,यु)
धर्मकर्ममा मन जानेछ । नयाँठाउको भ्रमण हुने छ । सामाजिक मान प्रतिष्ठा बढ्नेछ ।
आज पुरस्कार तथा सम्मान प्राप्त हुन सक्छ । हराएका वा सापटी दिएका सरसामान भेटिने या फिर्ता हुने भएकाले आजको दिन राम्रो छ ।

धनु राशि (ये,यो, भा,भि,भु,धा, फा, ढा, भे )
आजको लगानी फलदायी हुनेछ । ब्यापारमा मनग्गे फाइदा हुनेछ । नयाँठाउको भ्रमण उपलब्धी हुने छ । स्वास्थ्यमा देखिएको समस्या समाधान हुने भएकाले पनि आज आराम र खुशिको महशुस हुने छ ।
मकर राशि ( भो, जा,जि, जु, जे, जो,ख, खि,खु,खे,खो,गा,गि )
झैझगडा हुन सक्ने भएकाले आज कम बोल्नुनै बुद्धिमानी हुनेछ । प्रेमी, प्रेमिका बिच
टकराब आउन सक्ने भएकाले आजको दिन मन खिन्न भएरै बित्नेछ । आफन्त र साथीभाईहरु बिरोधी बनेर अघि सर्नेछन् । ब्यापारमा घाटा हुने छ ।

कुम्भ राशि ( गु,गे,गो, सा,सि,सु,से,सो, दा )
रमाईला कार्यक्रम र खानपिनमा दिन जानेछ । पुरस्कार , पैवा या प्रतिष्ठा कमाउने समय छ । पारिवारिक मेलले पनि खाजको दिन खास हुनेछ । पढाई र प्रेममा सफलता र ब्यापार नाफा हुनेछ ।
मीन राशि ( दि, दु, थ, झ, ञ,दे,दो,चा,चि )
आज नयाँ कार्यको शुभारम्भ हुने छ । हरेका क्षेत्रमा तपाईको जित हुनेछ । ब्यापारमा नाफा हुनेछ । परिवार र साथीभाईको सहयोगले नयाँ क्षेत्रमा हात हाल्ने अवसर प्राप्त हुनेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *