शिक्षक र बिज्ञान प्रयोगशालाको माग गर्दे बिद्यार्थीको ज्ञापनपत्र

पाल्पा, माघ १५ ,
शिक्षक र बिज्ञान प्रयोगशालाको माग गर्दे तानसेन स्थित भुसलडाँडा माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले तानसेन नगरपालिका र शिक्षा बिकास तथा समन्वय इकाइ, पाल्पामा धर्ना दिएका छन् । कक्षा ८, ९ र १० का बिद्यार्थीहरुले तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही र शिक्षा बिकास तथा समन्वय इकाइ, पाल्पाका प्रमुख रमेशराज पौडेललाई भेटेर ज्ञापन पत्र समेत बुझाएका छन् ।
प्रयाप्त दरबन्दी र बिज्ञान प्रयोगशाला नहँुदा बिषयगत शिक्षक र प्रयोगात्मक अभ्यास गरी सिक्ने कार्यमा समस्या भएको भन्दै बिद्यार्थीहरुले आफूहरुको भबिश्य निर्माणमा सहयोग गर्न समेत आग्रह गरेका छन् । विद्यार्थीको ज्ञापन पत्र बुझ्दै शिक्षा बिकास तथा समन्वय इकाइ, पाल्पाका प्रमुख पौडेलले नगरपालीका संगको समन्वयमा समस्या समाधानका लागी पहल गर्ने प्रतिकृया दिनुभयो ।

नेपालको संबिधान २०७२ ले माध्यमिक तहसम्मको शिक्षाको ब्यवस्थापन र संचालन समेतको जिम्मेवारी शिक्षा तथा समन्वय इकाइले गर्ने नितिगत ब्यवस्था गरेकाले पठनपाठनमा सहज ब्यवस्थापनका लागी शिक्षा ब्यवस्थापन तथा समन्वय इकाई र तानसेन नगरपालीकालाई अनुरोध गरिएको बिद्यार्थीहरुले बताएका छन् । ज्ञापन पत्र बुझाउन तानसेन नगरपालीका पुगेका बिद्यार्थीहरुले नगरप्रमुखको कार्यकक्ष बाहिर बसेर धर्ना समेत दिएका थिए । बिद्यार्थीको ज्ञापन पत्र बुझ्दै तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले भुसालडाँडा माध्यमिक विद्यालयको यस अघिको माग र बढ्दो विद्यार्थीको चापका आधारमा दुई कोठे भवन निर्माणका लागि १६ लाख बजेट दिएकाले यही आर्थिक बर्षमै बिज्ञान प्रयोगशाला पनि थप्न नसकिने प्रतिकृया दिनुभयो । तर बिद्यालय ब्यवस्थापन समितिको बैठक बाट बिद्यालय भवन नचाहिने अनि बिज्ञान प्रयोगशाला चाहिने निर्णय भएर आए आफूहरु प्रयोगशाला दिन तयार रहेको प्रमुख शाहीले जानकारी दिनुभयो । हामीले भवन निर्माण गर्न १६ लाख दिएका छौ, प्रमुख शाहीले भन्नुभयो “यदि भवन चाँहिदैन, विज्ञान प्रयोगशाला देउ भन्नेहो भने प्रयोग शालाको ८ लाख दिन तयार छौ । ”


नगरप्रमुख शाहीले यस अघिनै बिद्यालय ब्यवस्थापन समितिलाई यही आग्रह गरेपनि ब्यवस्थापन समितिको बैठक बसेर निर्णय लिएर आउनु साटो केही शिक्षकले बिद्यार्थी उचालेर धर्नामा ल्याएकोमा आपक्ती जनाउनुभयो । भुसालडाँडा माध्यमिक बिद्यालयका १९ शिक्षक मध्ये आधारभुतमा एक अनुदान, प्राबिमा चार स्थायी र बाँकी स्थानीय स्रोतका शिक्षक हुन् । ४ सय १७ बिद्यार्थी संख्या रहेको भुसालडाँडा मा.बि.ले पछिल्लो समयमा राम्रो नतिजा प्राप्त गरेको स्थानीयले जनाएका छन् ।

 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *