सवैदलमा आवद्ध मगर नेताले भने प्रदेश ५ को नाम मगरात राख


देब पचभैया
पाल्पा, माघ १५ ,
सबैदलमा आवद्ध मगर नेताहरुले प्रदेश ५ को नाम मगरात राख्न आग्रह गरेका छन् । मगर शमुदायको आदिम भूमि, आधुनिक नेपालको प्राचीन सभ्यता भएको भन्दै इतिहारको सम्मान गर्न प्रदेश ५ लाइ मगरात नामाकरण गर्नु पर्ने नेताहरुको तर्क छ । सबै दलमा आवद्ध मगर नेताहरुको संस्था संयुक्त मगर मञ्च नेपालको बैठक पछि चुनावी घोषणपत्र, लिखित र मौखिक प्रतिवद्धता संझिन पनि दलहरुलाई आग्रह गरेका छन् ।
बैठकमा सहभागी संयुक्त मगर मञ्च नेपालका संयोजक तथा नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगर, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपालका संयोजक भोजविक्रम बुढामगर, नेपाली कांग्रेस सम्बद्ध नेपाल राष्ट्रिय मगर संघका सभापति ओम थापामगर, समाजवादी पार्टी सम्बद्ध समाजवादी मगर संघ, नेपालका अध्यक्ष वोम दर्लामीमगर, राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध मगर हाङ परिषद्का कार्यवाहक अध्यक्ष डि.के . सूर्यवंशीमगर तथा क्रान्तिकारी माओवादी पार्टी सम्बद्ध मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपालका प्रतिनिधि कपिलबहादुर पुनमगरले हस्तारक्ष गरेको विज्ञप्तिमा आफूहरुको माग पुरा नभए शसतm आन्दोलन चर्काउने समेत चेतावनी दिएका छन् । मागको तत्काल संबोधन नभए संयुतm मगर मोर्चा र मगरातवासीहरु आन्दोलनमा उत्रिने र उत्पन्न हुन सक्ने जुन सुकै परिस्थितिको राज्य र राजनैतिक दलहरु जिम्मेवार हुने समेत बिज्ञप्तीमा भनिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *