रुपन्देहीको छिपागढमा भएको दुर्घटनामा ३ जनाको ज्यान गयो

रुपन्देही, माघ १४,

रुपन्देहीको छिपागढमा भएको दुर्घटनामा ३ जनाको ज्यान गएको छ । भैरहवा–भुमही सडकको रोहिणी गाँउपालिका ४ छिपागढमा ३ वटा ट्रक आपसमा ठोक्किँदा ना २ ख ८४८१ का चालक सुनसरी चतराका अन्दाजी ३६ वर्षीय पूर्णबहादुर भुजेल, नवलपरासी पाल्हीनन्दन ४ का ३० वर्षीय लालु कुर्मी र ३५ वर्षीय मोबिकन कुर्मीको घटनास्थलमै मृत्यू भएको हो । दुर्घटनामा घाईते भएका ९ जनाको युनिभर्सल मेडिकल कलेज रानी गाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवा तर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रक मंगलबार बिहान आपसमा ठोक्किएका हुन् । घाइते ९ जना मध्ये केहीको अवस्था गंभिर रहेको उपचारमा संलग्न डाक्टरले जनाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *