काठमाण्डौं, माघ १४,
प्रहरी हिरासतमा रहेकी चर्चित गायिका आस्था राउत चार हजार धरौटीका छुट्नु भएको छ । बिमानस्थलमा खटिएका प्रहरी कर्मचारी माथि अभद्र व्यवहार गरेको कसुरमा पक्राउ परेकी राउत मंगलबार धरौटीमा रिहा हुनुभएको हो । जिल्ला प्रशासन कार्यालयले राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । मंगलबार प्रशासनले नै दिएको आदेश अनुसार राउत धरौटीमा छुट्नुभएको हो । हिरासतवाट छुटेपछि गायिका राउतले प्रहरीकोमा बस्दा आफुले प्रहरीलाई राम्रो संग बुझ्न पाएको र प्रहरी जनताको साथी रैछन् भन्ने महशुस भएको प्रतिकृया दिनुभयो । महिला प्रहरीसँग भनाभन गरेको भिडियोसमेत सार्वजनिक भएपछि प्रहरीले आस्थामाथि दुव्र्यवहारको मुद्दा दायर गरेको थियो । प्रहरीले माघ ५ गते आस्थाका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । कार्यक्रमको शिलशिलामा भारतको चेन्नई जानुभएकी आस्था नेपाल फर्काना साथ सिधै आफन्त संगै प्रहरीको पुग्नुभएको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।