आज पानी र हिउ पर्ने संभाबना

पाल्पा, माघ १४ ,
मङ्गलबार देशका केही ठाउँमा पानी र हिउँ पर्ने संभाबना छ । मौषबिदका अनुसार पश्चिम, मध्य तथा पूर्वका एक दुई ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै मध्य र पूर्वको उच्च हिमाली भेगमा मात्रै पानी पर्ने उहाँको अनुमान छ । पश्चिमी न्यून चापीय प्रणालीको असरले मङ्गलबार देशभरिकै मौसम पूर्णरुपमा खुल्ने छैन । पश्चिमी भागको मौसम दिनभरि बदली भए पनि मध्य र पूर्वको मौसम भने एकैछिन घाम लाग्दै फेरि बादल लाग्ने मौषदबिद बिभूती पोख्रेलले जानकारी दिनुभयो । यो प्रणाली बुधबारसम्ममा पूर्वमा पनि फैलने भएकाले भोलि देशभरिकै मौसम बदली हुनेछ । आज भन्दा भोलि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । बिहीबारदेखि भने फेरि पानी पर्न कम हुने छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *