कपिलबस्तु, माघ १३,
सहकारीको १२ करोड ठगी मुद्धामा संचालक देखि कपिलबस्तुका अधिकारकर्मी संगै चार्टडएकाउण्टेड माथि अनुसन्धान शुरु भएको छ । तौलिहवा स्थित कपिबस्तु बचत तथा ऋण सहकारीको १२ करोड ठगी मुद्धामा सहकारीका संचालक, समाजसेवी, शिक्षक, ब्यापारी, चार्टड एकाउण्टेड गरी ५३ जना माथि ठगी तथा संगठित अपराधमा जिल्ला अदालतमा मुदा दर्ता भई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ । सहकारीका एक सदस्यले प्रहरीमा जाहेरी दिएपछि रकम हिनामिनको कुरा सार्वजनिक भएको हो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।