काठमाण्डौं, माघ १३,
सिक्कीमबाट नेपाल आउनसाथ गायिका आस्था राउत प्रहरीमा पुग्नुभएको छ । आफन्तको आग्रहमा राउत महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित हुनुभएको हो । गायन र कार्यक्रममा सहभागी हुन भारतको सिक्कीम जाने बेला गायिका राउतले दुब्र्यवहार गरेको भन्दै विमानस्थलमा कार्यरत प्रहरी कर्मचारी रमिशा श्रेष्ठले राउतविरुद्ध यस अघि नै उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा राउतलाई प्रहरीले खोजीको सूचीमा राखेको जनाएको थियो । प्रहरीमा पुगेकी राउतलाई बिर अस्पताल लगेर स्वास्थ्य जाँच गराइएको आफन्तले बताएका छन् । सुरक्षा जाँचका बेला आफूमाथि दुव्र्यवहार भएको भन्दै गायिका आस्थाले फेसबुक मार्फत प्रहरीलाई गाली गरेपछि बिबादमा तानिनुभएको थियो । सोही प्रकरणमा जिल्ला प्रशासन कार्यालयले गायिका राउतलाई पक्राउ गर्न अनुमती दिएको थियो । यायिका राउत र प्रहरी कर्मचारी रमिला बिच भएको भनाभनको प्रहरीले सिसि क्यामेराले खिचेको भिडियो समेत सार्वजनिक गरेको थियो । तर सो भिडियो बाहिर आएपछि बिमानस्थलको ३३ किलो सुन काण्ड र बिभिन्न घटनाहरुका भिडियो समेत सार्वजनिक गर्न माग गर्दे सामाजिक संजालमै प्रहरीको आलोचना भएका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।