पाल्पा, माघ १३,
विप्लव अगुवाईको नेकपा पाल्पाले घरका छटमा राखिएका एनसेल टावर तत्काल हटाउन अपिल गरेको छ । सो पार्टीले सोमबार प्रेस बिज्ञप्ती निकाल्दै एनसेलले राज्यलाई तिर्नुपर्ने अबौं रुपैयाँ कर नतिरेकाले एनसेल बढार्ने जनसंघर्ष जारी रहेको जनाएको हो । एनसेलको सिम समेत बहिस्कार गर्न आग्रह गर्दे विज्ञप्तीमा एनसेलको प्रतिरोध हुँदा हुन सक्ने क्षति प्रति समेत हुन आग्रह गरिएको छ । विप्लव समूहले देशका बिभिन्न स्थानमा रहेका एनसेल टावरमा आगजनी गर्दे आएका छन् । आईतबार पाल्पाको बगनासकालीमा रहेको एनसेल टावरमा भएको आगजनीमा समेत उनीहरुकै हात रहेको हुन सक्ने प्रहरीले आसंका गरेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।