पाल्पा, माघ १३, अज्ञात समुहको आगजनीले पाल्पामा एनसेल टावरमा क्षति पुगेको छ । बगनासकालि गाउँपालिका वडा नं ९ बगनास डाँडामा रहेको एनसेल टावरमा आईतवार राती आगजनी भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बेलुकी ९ः४५ को समयमा टावरमा आगजनी हुँदा टावर पुर्ण रुपमा जलेर ध्वस्त भएको छ । आगजनी बाट टावरको जेनेरेटर,विटिएस सिस्टम, जिएसएम एन्टेना,ब्याट्री प्यानल,मिटर बक्स सहित सबै तार पुर्णरुपमा जलेको छ । घटनाको बारेमा अनुसन्धान भैरहेको भन्दै प्रहरीले विप्लब नेतृत्वको माओवादीले गरेको हुन सक्ने आशंका गरेको छ ।