काठमाण्डौं, माघ १३,
प्रतिनिधि सभाको सभामुखमा अग्नि प्रसाद सापकोटा निर्विरोध हुनुभएको छ । आइतबार बसेको संसदको बैठकले सापकोटालाई निर्वाचित गरेको हो । सभामुखमा सरकारमा रहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का नेता तथा पूर्वमन्त्री सापकोटाको मात्र उम्मेदवारी परको थियो । संसदको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेसँगै सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।
सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थनमा सांसद ओनसरी घर्ती र राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण रहनुभएको थियो । पूर्व सभामुख कृष्णबहादुर महरा संसद सचिबालमै कार्यरत एक स्वास्थ्यकर्मी महिलामाथिको यौन दुव्र्यवहारको आरोपमा फसेपछि गत असोज १५ गते पदबाट राजीनामा दिनुभएको थियो । महरा अहिले पनि पुर्पक्षका लागि थुनामा रहनुभएको छ । सभामुखको निर्वाचनपछि अव उपसभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक हुनेछ ।