पाल्पाका पूर्व सांसद गंम्भीरजंग कार्कीको निधन


देब पचभैया
पाल्पा, माघ १२ ,
पाल्पाका पूर्व सांसद गंभीरजंग कार्कीको निधन भएको छ । नेपाली कांग्रेस पाल्पाका पूर्ब सभापति समेत रहनुभएका ७६ वर्षिय कार्कीको उपचारको क्रममा काठमाण्डौमा मृत्यू भएको नेपाली काग्रेस पाल्पाले जनाएको छ । मृगौलामा समस्या भई काठमाण्डौंमा डायलासीस गर्दे आउनुभएको कार्कीको आईतबार निधन भएको हो । कार्की २०४८ सालमा पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । २०५१ देखि २०५६ सालसम्म नेपाली काँग्रेस पाल्पाको जिल्ला सभापति रहनुभएका गंभीरजंग त्यस अघि राष्ट्रिय पंचायत सदस्यमा पनि निर्वाचित हुनुभएको थियो । रम्भा गाउँपालिकाको ताहूँमा स्थायी घर भएका कार्कीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *