बगनासकालीमा बालमैत्री स्थानीय शासनका बारेमा छलफल

पाल्पा, माघ १०,

पाल्पाको बगनासकालिमा बालमैत्री स्थानीय शासनका बारेमा छलफल भएको छ । बालमैत्री स्थानीय शासन र बाल अधिकार सम्बन्धी एकदिने वडास्तरीय अभिमुखीकरण कार्यक्रम शुक्रबार बगनासकाली गाउँपालिकाको सभाहलमा भएको हो । वडास्तरीय बाल सञ्जाल बगनासकाली–१ चिर्तुङ्धाराको आयोजना एवम् स्थानीय वडा समितिको समन्वयमा कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दे गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीले बगनासकाली गाउँपालिकालाई आगामी चैत्र मसान्तभित्रमा बाल मैत्री स्थानीय शासन अवलम्बन गर्ने तयारीका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले अभिमुखीकरण कार्यक्रमले गाउँपालिकाभित्र बालक्लवमा आवद्ध बालबालिकालाई बालअधिकार, बालमैत्री शासनका सूचकहरूबारे जानकारीसँगै व्यक्तित्व र नेतृत्व विकास हुने भएकोले सिकेका विषयवस्तुलाई व्यवहारमा लागु गर्न सहभागी बालक्लवका बालबालिकाहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बालमैत्री स्थानीय शासन कार्यक्रम बगनासकालीका फोकल पर्सन मनोज आचार्यले बालमैत्री स्थानीय शासनको अवधारणा, बाल अधिकार र बाल संरक्षण, बाल सञ्जाल र बाल क्लवको बैठक बस्ने तरिका र बालमैत्री स्थानीय शासनमा बाल क्लवको महत्त्वका विषयमा प्रशिक्षण दिनुभयो । कार्यक्रममा वडा नं. १ बाल संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष शालिकराम ढुङ्गाना, बालसञ्जालका अभिषेक विश्वकर्मा, वडास्तरीय बालमैत्री स्थानीय शासन समितिका सदस्य कुलप्रसाद ढुङ्गाना, वडास्तरीय बालमैत्री स्थानीय शासन समितिका संयोजक सोमबहादुर झेंडी लगायतले बालमैत्री स्थानीय शासनको लागि आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अभियानलाई वस्तीस्तरमा लैजान सर्वपक्षिय सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । वडास्तरीय बालसञ्जालका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बालमैत्री स्थानीय शासन वडा फोकल पर्सन नन्दा चिदीको स्वागत र वडा सचिव एवम् बालमैत्री स्थानीय शासन वडा समितिका सदस्य सचिव विराट गैरेको सञ्चालन रहेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *