अनेरास्ववियू पाल्पाको संयोजकमा पदम सोमै मगर


पाल्पा, माघ ९ ,
विद्यार्थीहरुको अग्रणी संस्था अनेरास्ववियू पाल्पाको संयोजकमा पदम सोमै मगर चयन हुनुभएको छ । नेपाल कम्यनिष्ट पार्टी (नेकपा ) एक भएपछि बनेको भातृ संगठन विद्यार्थी मोर्चाको जिल्ला संयोजकमा तत्कालिन माओवादी केन्द्रको तर्फबाट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष समेत रहनुभएका सोमै अहिले अनेरास्ववियू पाल्पाको संयोजकमा चयन हुनुभएको हो ।
काठमाण्डौंमा हालै सम्पन्न अनेरास्ववियूको पहिलो पूर्ण बैठकले जिल्ला कमिटिको संयोजक, सहसंयोजक र विभिन्न विभागहरु, आयोगका सदस्यहरु गठन गर्ने क्रममा अनेरास्ववियू, पाल्पाको सहसंयोजकमा हिरामणी पराजुलीलाई चयन गरेको छ । पराजुली तत्कालिन एमालेको भातृसंस्था अनेरास्ववियू (अखिल) को जिल्ला संयोजक हुुनुहुन्थ्यो । लामो समय विद्यार्थी आन्दोलनको नेतृत्वदायी भूमिका निभाउनु भएका संयोजक सोमैले जिल्लामा विद्यार्थीहरुले भोग्दै आएका समस्या समाधान संगै विद्यार्थीका हक अधिकार सुनिश्चितका लागी सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो । संयोजक सोमैले अन्य विद्यार्थी संगठनहरु संग मिलेर छलफल र आपसी सहमति मार्फत शैक्षिक क्षेत्रका विकृति हटाउन अघि बढ्ने बताउनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *