सभामुखमा अव अग्निको परिक्षा हुँदै

काठमाण्डौं, माघ ४,

यौन काण्ड पछि कृष्ण बहादुर महराले राजिनामा दिएपछि खाली रहेको सभामुख पदमा अव अग्नि सापकोटाको परिक्षा हुने भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि पूर्बमाओबादी नेता सापकोटा अव सभामुख बन्ने पक्का भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बेलुकी बसेको नेकपा सचिवालय बैठकले सभामुख उम्मेदवार सापकोटालाई बनाउने निर्णय गरेको हो । नेकपाका दुबै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना नजिकका व्यक्तिलाई सभामुख बनाउने अडान लिएपछि सभामुख चयनको बिषय पेचिलो बनेको थियो । नेकपाका दुई पूर्वघटक एमाले र माओवादी केन्द्रले आफूले सभामुख पाउनुपर्ने अडान राखेपछि सहमति भएको थिएन ।
बि.स. २०१४ फागुन २४ गते सिन्धुपाल्चोकको कुविण्डे गाउँमा जन्मिनुभएका सापकोटा दुई पटक मन्त्री भैसक्नुभएको छ । यस अघि सुचना तथा संचार र बन मन्त्रीको जिम्मेवारी समाल्नुभएको छ । त्रिभुवन विश्वविद्यालय वाट स्नातक गर्नुभएका अग्नि सापकोटा पहिले शिक्षक हुनुहुन्थ्यो । जनयुद्धमा सेनाको गोली लागेर गंभिर घाईते हुनुभएका सापकोटा माओबादीमा प्रचण्ड निकट मानिनुहुन्छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *