काठमाण्डौं, माघ ३ ,
नेपाली कामदार बोकेको बस युएईको आबुधाबीमा दुर्घटना हुँदा मृत्यू भएका ५ मध्ये ३ जना नेपाली रहेको पुष्टी भएको छ । दुर्घटनामा १४ नेपाली घाइते भएका छन् । दुर्घटनामा मृत्यू हुनेहरुमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङ रहेको नेपाली दूतावास अबुधाबीले जनाएको छ । तामाङको ठेगाना खुलेको छैन । सोही दुर्घघटनामा अन्य देशका ३ जनाको पनि मृत्यू भएको छ ।
दुर्घटनामा १४ नेपाली घाइते भएका छन । घाइते हुनेहरूमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ , मुना राई, इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, ,नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा , चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा हुन् । सुजलाको ठेगाना खुलेको छैन ।
मफरक अस्पतालमा उपचारपछि निर्मला भने क्याम्प फर्किएकी छिन् । अन्य १३ जनाको आबुधाबीको मफरक , एनएमसी र अल रहा अस्पतालमा उपचार भइरहेको छ । बसमा चालकसहित २४ सवार रहेकोमा २३ महिला थिए । एमबीएम कम्पनीमा कार्यरत नेपाली चढेको बस बिहीबार बिहान अल रहा भन्ने स्थानमा दुर्घटना भएको थिए । यसअघि गएको असोजको दोस्रो साता दुवईमा नेपाली चढेको सवारी दुर्घटना भएको थियो । जसमा ६ नेपालीले समेत ज्यान गुमाएका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।