२६ बर्षिया सुनिताले पाईन चम्ल्याहा बच्चा


पोखरा, माघ २ ,    स्याङ्जाकी २६ बर्षिया सुनिता पौडेलले एकै पटक चार सन्तान जन्माउनुभएको छ । पुतलीबजार –१ कि सुनिता पौडल प्रधानले बिहीबार बिहान पोखराको मणिपाल हस्पिटलमा शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिनुभएको हो । पौडेलले जन्माएका सन्तानमा पहिलो छोरी १.६ किलो तौल, दोस्रो छोरा १.३ किलो तौल, तेस्रो छोरी १.३ किलो तौल र चौथो छोरी १.४ किलो तौलका अस्पतालले जनाएको छ । अस्पतालका डाक्टरका अनुसार अहिले नवजात शिशु र आमाको स्वास्थ्य सामान्य छ । तौल कम भएकाले चारै नवजात शिशुलाई सघन कक्षमा राखिएको छ । यसअघि पौडेलका एक छोरा रहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *