पाल्पा, माघ २ ,
चारधाम मध्येको एक रुरुधाममा मेला जारी छ । पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडिको पाल्पा भेगमा धार्मिक मेला र गुल्मीमा साँस्कृतिक कार्यक्रम चलिरहेको छ । कालीगण्डकीको रुरु क्षेत्रमा स्नान गर्ने र ऋषिकेश देबताको दर्शनको लागी १ गते देखि नै भिडभाड बढेको छ । कालीनदीमा स्नान गर्दा अन्जानमा गरेका पाप नास हुने जनबिश्वास छ । हरेक वर्ष रुरु क्षेत्रमा जेठी, माईली र कान्छी सक्रान्तीका रुपमा मेला लाग्ने गर्छ । ऋषिकेश भगवानको दर्शन गर्न छिमेकी भारत तथा नेपालका बिभिन्न जिल्लाहरुबाट हिन्दु धर्मालम्बीहरु आउने गर्छन् ।
धार्मिक मेलामा रुकुम, रोल्पा, डोल्पा , मनाङ, मुस्ताङबाट उत्पादन गरी ल्याएका काम्लो, कम्मल, राडी, पाखी, बा“सबाट उत्पादित बिभिन्न किसिमका डाला, पाथी, काइयो लगायतका घरेलु सरसमान बिक्रीको लागी राखिएका छन् । १० दिन सम्म चल्ने मेलामा स्थानीय कृषि उत्पादन समेत विक्रि वितरणको लागी रिडि बगरमा स्थल बनाएर राखिएका छन ।