पाल्पा, माघ १ ,
मगरहरुको माघे संक्रान्ती र थारुहरुको माघी पर्वका अवसरमा प्रदेश ५ सरकारले १ र २ गते सार्वजनिक विदा दिएको छ ।
प्रदेशका १२ वटै जिल्लामा माघेसंक्रान्ती मनाउने मगर र माघी मनाउने थारु समुदायको बसोबास रहेकाले प्रदेश सरकारले दुई दिने सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनु भयो । माघी पर्वको अवसरमा मुख्यमन्त्री शङ्कर पोखरेलले समेत मंगलबार आफ्नै सरकारी निवास बुटवलमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी सांस्कृतिक पर्वहरुले नै समाजलाई एकताबद्ध गराइ आर्थिक समृद्धिको दिशामा अग्रसर गराउने बताउनुभएको थियो ।