पाल्पा, पौष २७,
पाल्पामा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यू भएको छ । जिप दुर्घटनामा ७ जना घाइते भएका छन् । तिनाउँ गाउँपालिका ४ को बौरीडाँडामा भएको ट्याक्टर दुर्घटनामा चालक नवलपरासी सरावल गाउँपालिका १ का ३२ बर्षिय पुष्पराज थारुको मृत्यू भएको हो । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार स्थानीय रीखोलाबाट चौबिसमाईलका लागी छुटेको लु २ त ७२५७ नम्बरको ट्याक्टर सडक बाट झण्डै ७ मिटर तल खस्दा चालक थारुको घटनास्थलमै ज्यान गएको दोभान प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरिक्षक बाल बहादुर घर्ती मगरले जानकारी दिनुभयो ।
उता रम्भा गाउँपालिका ३ चण्डीथान स्थित कच्ची सडकमा भएको जिप दुर्घटनामा ७ जना घाईते भएका छन् । प्रहरीका अनुसार पिपलडाडा बाट चण्डीथानका लागी छुटेको लु २ च ६०६८ नम्बरको पिकअप जिप उकालोमा आफै ब्याक भई अन्दाजी ५० मिटर तल खस्दा चालक सहित ७ जना घाइते भएका हुन् ।
घाईतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचार भैरहेको छ । दुर्घटनामा चालक बगनासकाली ५ का २१ बर्षिय भुवन दर्लामी, यात्रुहरु रम्भा गाउँपालिका ३ का २० बर्षिय बिष्णु खाम्चा, सोही स्थानकी ४३ बर्षिया शान्तामाया खाम्चा, ३४ बर्षिया बिमला खाम्चा, अन्दाजी १ बर्षिय रिदम खाम्चा, सोही स्थानकी २७ बर्षका तुल्सीराम राना, ८ बर्षिय मनिस आले र ४८ बर्षिय श्रीमान झेडी घाईते भएका हुन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।