पाल्पा, पौष २५,
पाल्पामा मगरी खाना तथा सांस्कृतिक महोत्सब सम्पन्न भएको छ । मगरहरुको पर्व माघे सँक्रान्तीको अवसरमा नेपाल मगर संघ, पाल्पाले मगरी खाना संगै एक दिने सांस्कृतिक महोत्सब सम्पन्न गरेको हो ।
शुक्रबार तानसेनको टुडिखेलछेउ (लखनथापा पार्क ) निर भएको महोत्सवमा मगरका प्रचलित खानाका स्टल संगै मगरी सांस्कृतिक कार्यक्रम भएको थियो ।
मगरी बटुक, बंगुरको मासु, बन तरुल जस्ता परिकार संगै पाल्पालीहरु रमाएका थिए । मगरी झाम्रे, घाटु, सालैजो, जिवैमामा लगाएतका संस्कृतिको प्रर्दशन संगै दर्शकले नयाँ स्वादको अनुभब गरेको आयोजक नेपाल मगर संघ, पाल्पाका अध्यक्ष तेज बहादुर घर्तीले जानकारी दिनुभयो ।