मिलन बिश्वकर्माको अध्यक्षतामा दलित पत्रकार संघ

पाल्पा, पौष २५,

राष्ट्रिय दलित पत्रकार संघ नेपाल पाल्पा शाखाको अध्यक्षमा मिलन विश्वकर्मा चयन हुनुभएको छ । शुक्रबार तानसेनमा भएको प्रथम जिल्ला भेलाले विश्वकर्मालाई सर्वसम्मत चयन गरेको हो । स्याङ्जा बिर्घा निवासी बिश्वकर्मा विगत १३ वर्षदेखि पाल्पामा रहेर सक्रिय पत्रकारिता गर्दे आउनुभएको छ । भेलाले उपाध्यक्षमा डोलबहादुर विक, सचिवमा विजय बौडेल, सह–सचिवमा संगिता दर्नाल, कोषाध्यक्षमा सन्तोष गहतराजलाई चयन गरेको छ । सदस्यहरुमा सुवास विसी, सुकुम नेपाली, सरिता विक, सञ्जु परियार र सल्लाहकारमा किरण कौशललाई चुनिएको नवनिर्वाचित अध्यक्ष बिश्वकर्माले जानकारी दिनुभयो ।
भेलाका प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले समाजमा विद्यमान जातीय विभेद अन्त्यको लागि जोडदार कलम चलाउन सुझाव पत्रकारहरुलाई आग्रह गर्नुभयो । जातीय विभेदका विरुद्ध कानुन बनेको भन्दै शाहीले सरोरकारवाला निकायसँग जातीय विभेदका बारेमा गम्भीर छलफल र बहस चलाएर प्रभावकारी कार्यान्वयन तर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले दलित समुदायको हकअधिकारको लागि दलित पत्रकार संघ साझा मञ्च भएको भन्दै दलित समुदायका पत्रकारको संख्या न्यून हुनु र टिकाउन चूनौती रहेकोले राज्यले यस तर्फ ध्यान दिन आग्रह गर्नुभयो ।पत्रकार महासंघ, पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालले सामाजिक संरचना अनुसार दलित समुदायका पत्रकारलाई अझैपनि काम गर्न कठिन भएको भन्दै सबै समुदायका पत्रकारले यस्तो विभेदका विरुद्ध कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रेस संगठन नेपाल पाल्पाका संयोजक राजेन्द्र लिगल, दलित अगुवा राजेन्द्र विश्वकर्मा, ठाकुर प्रसाद लोहागुन, तानसेन नगरपालिकाका कार्यपालिका सदस्य दीपक विश्वकर्मा, दलित अधिकारका लागि साझा अभियान पाल्पाका अध्यक्ष विष्णु बोमरेल, पूर्व अध्यक्ष तीर्थप्रसाद गौतमले समाजमा रहेको विकृति अन्त्यको लागि पत्रकारहरुलाई कलम चलाउन सुझाव दिदै नयाँ नेतृत्वलाई बधाइ तथा शुभकामना दिएका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *