काठमाण्डौं, पौष २५
क्वालालम्पुर, मलेसियामा भएको सवारी दुर्घटनामा दुई जना नेपालीको मृत्यू भएको छ । दुर्घटनामा सुर्खेतका २३ वर्षीय रमेश पोख्रेल र दोलखाका २९ वर्षीय राजकुमार श्रेष्ठको मृत्यू भएको मलेसियामा रहेको नेपाली दूतावासले जानकारी दिएको छ । कम्पनीमा नास्ता लिएर हिडेका हिँडेका श्रेष्ठ र पोख्रेल चढेको कार क्वालालम्पुरको विमानस्थल नजिकै मिलाइ भन्ने ठाउँमा दुर्घटना भएको थियो ।
अर्कोतिरवाट आएको लरीले कारलाई ठक्कर दिएको त्याहाको प्रहरीले भनेको छ । राजकुमार श्रेष्ठ क्वालालम्पुरमा होटल ब्यवशायी हुनुहुन्थ्यो । । रमेश राजकुमारको होटलमा काम गर्ने हुनसक्ने दूतावासले जनाएको छ । दूतावासका अनुसार श्रेष्ठ र पोख्रेलको परिवारलाई घटनाका बारेमा जानकारी दिएको र थप अनुसन्धान भइरहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।