इराकमा खटिएका नेपाली सेनालाई चनासो हुन निर्देशन

काठमाण्डौं, पौष २४

इराकमा खटिएका नेपाली सेनालाई उच्च सर्तकता अपनाउन नेपाली सेनाले निर्देशन दिएको छ । नेपाली सेनाको जनसम्र्पक निर्देशनालयले विज्ञप्ती निकाल्दै शान्ति सेनाको रुपमा इराक खटिएका सेनालाई चनाखो रहन निर्देशन दिएको हो । नेपाली सेनाले लेबनान र सिरियामा खटिएका नेपाली सेनालाई समेत सर्तक हुन आदेश दिएको छ । विज्ञप्ती मार्फत सेनाले इराकमा खटिएका नेपाली शान्ति सैनिक सकुशल रहेको स्पस्ट पारेको छ ।
संयुक्त राष्ट्रसंघ अन्तर्गत नेपाली सेनाको समुह इराकको इरबिल र किरकुकमा खटिएको छ । सेनाको बिज्ञप्तीमा इराकमा रहेका नेपाली सैनिकलाई विशेष सुरक्षा अपनाउन, परिस्थितिको लेखाजोखा गर्दे सेनाको मिसन मुख्यालय र शान्ति सेना सञ्चालन निर्देशनालयको निरन्तर सम्पर्कमा रहन भनिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *