गहना चोर्न दुई बुहारीले सासू मारे ?


गुल्मी, पौष २३

सासूको गहना चोर्न इस्मा गाउँपालिका–३ सिमपानी, गुल्मीमा दुई बुहारीले सासूको हत्या गरेका छन् । बुहारी लक्ष्मी बिक र देबी बिकले ७६ वर्षीया सासू कौशीला बिकको हत्या गरेका जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायब उपरिक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो । सासूको गहना लुट्नकै लागी गएको १७ गते कौशिलाको हत्या भएको प्रहरीले जनाएको छ ।

सासूलाई घरकै गोरुले हानेर घाइते बनाएको भन्दै उपचार गर्न जिल्ला अस्पताल गुल्मीमा लगेका थिए । गंभिर घाईते कौशीलाको १९ पौषमा उपचारका क्रममा बुटवलमा मृत्यु भएको थियो । टाउकोमा लागेको चोट हेर्दा गोरुले हानेर लागेको जस्तो नदेखिएपछि प्रहरीले अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा दुई बुहारीले मिलेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । आरोपित दुई बुहारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *