पाल्पा, पौष २३
प्रदेश ५ सरकारले माघ १ र २ गते सार्वजनिक विदा दिएको छ । माघ १ र २ गतेलाई मगरहरुले माघे सक्रान्ती र थारुहरुले माघीपर्वको रुपमा मनाउने भन्दै परदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिएको हो । परदेश सरकारले यही पौष २९ गते मुख्यमन्त्री निवासमा माघीपर्व मनाउने समेत तयारी गरेको सरकारका प्रवतmा बैजनाथ चौधरीले जानकारी दिनुभयो ।
गतवर्ष पनि प्रदेश ५ सरकारले माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो । प्रदेश ५ मा मगर र थारुहरुको संख्या धेरै छ । प्रदेशको नामाकरण समेत मगरात थारुवान राख्नुपर्ने मगर र थारुहरुले माग गर्दे आएका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।