पत्रकारीता लाई मर्यादित र अनुशासित बनाऔं ः बरिष्ठ पत्रकार शर्मा

 

 

पाल्पा, पौष १९
प्रेस स्वतन्त्र सेनानी एवम् बरिष्ठ पत्रकार मेघराज शर्माले पत्रकारीता पेशालाई मर्यादित र अनुशासित बनाउनु पर्नेमा जोड दिनुभएको छ । पत्रकार महासंघ, पाल्पा शाखाको २७ औं स्थापना दिवसका अवसरमा शनिबार तानसेनमा आयोजित चियापान तथा अन्र्तक्रियात्मक कार्यक्रममा बोल्दै पाल्पा शाखाका संस्थापक अध्यक्ष समेत रहनुभएका शर्माले पत्रकारहरुको छाता संगठन पत्रकार महासंघलाई नै बलियो बनाउनु पर्ने बताउनुभयो । २०४९ साल पौष १९ गते पत्रकार महासंघ, पाल्पा शाखाको गठन गर्दा संख्या नपुगेर छिमेकी गुल्मीका पत्रकारलाई समेत मिसाउनुपरेको भन्दै उहाँले अहिले शय बढी पत्रकारहरु महासंघको जिल्ला शाखामा आवद्ध भएकोमा खुशि लागेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ, केन्द्रिय समितिको दुई पटक सम्म केन्द्रिय उपाध्यक्षको समेत जिम्मेवारी समाल्नुभएका बरिष्ठ पत्रकार शर्माले हिजोको मिशन पत्रकारीता र आजको ब्यवशायीक पत्रकारीतामा धेरै फरक रहेको भन्दै समयानुसार पत्रकारीतालाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।   कार्यक्रममा पत्रकार महासंघ, पाल्पाका अर्का संस्थापक एवम् पूर्ब सभापति गोबिन्द भट्राईले जिल्ला शाखा स्थापना गर्दाका क्षण संझिदै शाखा स्थापनामा योगदान दिने स्वर्गिय बिनय कसजु र कृष्ण आचार्यलाई धन्यबाद दिनुभयो । तिनै स्वर्गिय विनय कसजुको घरमा बैठक बसेको, झोलाको कार्यालयलाई खल्तीबाट पैसा उठाएर भाडाको कोठामा चलाएको महासंघ अहिले आफ्नै भवनमा संचालन हुन सफल भएकोमा उहाँले खुशि ब्यतm गर्नुभयो । महासंघका पूर्बसभापति भगवान भण्डारीले पत्रकारीतालाई सबैको हितकारी र समाजले पुज्ने बनाउनुपर्नेमा जोड दिनुभयो । सम्मानित र मर्यादित पत्रकारीता मार्फत नै ब्यवशायीक पता तर्फ पकारीता बन्न सक्ने भन्दै खोजीपत्रकारीतामा ध्यान दिनुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा पाल्पा शाखाका संस्थापक एवम् शाखाका बर्तमान उपाध्यक्ष भरत शर्माले पत्रकारीताको बिश्वास र निश्पक्षता माथि प्रश्न नउठ्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रेस संगठनका केन्द्रिय सदस्यहरु रेखीराम राना र कमलराज तिमिल्सिनाले पत्रकारीता क्षेत्रमा आउने समस्या समाधानका लागी सबै पत्रकारहरु एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रेस युनियनका केन्द्रिय सदस्य माधब अर्यालले पत्रकारीता सेवामुलक रोजगारी भएको भन्दै सक्रियताका साथ परिश्रम गरे यसको भबिश्य थप उज्वल रहेको बताउनुभयो । कार्यक्रममा प्रेस संगठन पाल्पाका अध्यक्ष राजेन्द्र लिगल, नवजनचेतना दैनिकका संचालक एबम् सम्पादक जगदिश भट्राई, स्वतन्त्र पत्रकार संघका महासचिव जिबलाल सुबेदी, रेडियो कुटुम्बका स्टेशन म्यानेजर नारायण न्यौपाने, श्रीनगर टेलिभिजनका सम्पादक बिष्णु घिमिरे लगाएतले पत्रकारीता पेशालाई अनुसाशित र जिम्मेवारी बनाउनुपर्नेमा जोड दिए । पत्रकार महासंघ, पाल्पा शाखाका सभापति राजेश कुमार अर्यालको अध्यक्षता र सचिब किरण कौशलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *