भारतीय सेनामा कार्यरत गोरखाका अर्जुन थापा मगर मारिए

गोरखा, पौष १७
भारतीय सेनामा कार्यरत गोरखाका अर्जुन थापा मगर पाकिस्तानी सेना संगको भिडन्तमा मारिएका छन् । गोरखा नगरपालीका ५ ढांडगाडका २५ बर्षिय अर्जुन ५ बर्ष पहिले भारतीय सेनामा भर्ना भएका थिए । गत बुधबार राती कास्मिरको लाईन अफ कन्ट्रोलमा भएको दोहोरो भिडन्तमा थापा संगै अर्का भारतीय सैनिक सन्दीप रघुनाथ पनि मारिएका हुन् । मृतक अर्जुनका छिमेकी नरजङ्ग रानाका अनुसार ६ महिना अघि बिहे गरेका अर्जुनले २ महिना अघि मात्रै आमा गुमाएका थिए ।

उनको घरमा बुवा, श्रीमती र बहिनी छन् । घटनापछि उनका आफन्तहरु भारत गएको स्थानीयले जनाएका छन् । केही दिन अघि देखि नै कास्मिरको खारीथरेत जंगलमा भारत पाकिस्तानी सेना बिच गोलाबारी भएको भारतीय संचारमाध्ययले जनाएका छन् । पाकिस्तानी सेना भारत छिर्ने प्रयास गरेपछि कारवाही अघि बढाएको भारतीय सेनाको भनाई छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *