पाल्पा, पौष १६ ,
बार्षिक कार्यक्रमको तय गर्दै तानसेनमा भ्रमण वर्ष २०२० को शुरुवात गरिएको छ । बुधबार तानसेन नगरपालीकाका नगर प्रमुख अशोक कुमार शाहीले कार्यालयको प्रवेश द्धारमा भिजिट नेपाल–२०२० लेखिएको झण्डा र राष्ट्रिय झण्डा झण्डोत्तलन गर्दे पर्यटन वर्षको शुभारम्भ गर्नुभएको हो । प्रमुख शाहीले ऐतिहासिक पर्यटकीय स्थलको तस्वीर, भिडियो देख्न सकिने गरी तानसेनको बसपार्कमा डिजिटल डिस्प्ले बोर्डको समेत शुभारम्भ गर्नुभएको छ ।
भ्रमण वर्षको शुभारम्भ गर्दे नगरप्रमुख शाहीले तानसेन जाउँ प्रकृति र संस्कृतिसँग रमाउँ भन्ने नारा तय गरी भ्रमण बर्षका अवसरमा वर्षभरीनै बिबिधि कार्यक्रम संचालन गरिने बताउनुभयो । तानसेनको बारेमा जानकारी र प्रचारप्रसारका लागी देशभरीका बिभिन्न पर्यटकिय स्थलहरुमा डिजिटल डिस्प्ले बोर्ड राख्ने, रानीमहल दरबारको तस्बिर बिभिन्न होटलहरुमा राख्ने तयारी भएको प्रमुख शाहीको भनाई छ । भ्रमण बर्षका अवसरमा सडक , साँस्कृतिक महोत्सव, खाना तथा सुन्तला महोत्सव जस्ता कार्यक्रम हुने नगरपालीकाले जनाएको छ । भ्रमण वर्ष शुभारम्भको अवसरमा तानसेन नगरपालिका परिसर संगै बसपार्क क्षेत्रमा बिभिन्न स्थानमा समेत सरसफाई कार्यक्रम भएको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।