स्वास्थ्य कर्मीले बुझाए स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र


पाल्पा, पौष १६

नियमित खोप संचालनबाट बालबालिकाहरुको ज्यान गएको भनी केही सञ्चार माध्यमले गलत प्रचार गर्दा समस्या भएको भन्दै पाल्पाका स्वास्थ्यकर्मीहरुले यर्थाथ कुरा सार्वजनिक गर्न सरकार संग माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय मार्फत स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै गलत प्रचारले स्वास्थ्यकर्मी र सेवाग्राहीलाई समेत समस्या भएको उनीहरुको भनाई छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल मार्फत स्वास्थ्यमन्त्रीलाई ज्ञापन पत्र बुझाए पछि बगनासकाली गाउँपालिका, स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले सञ्चार माध्यमले खोपको भार थेग्न नसकी खोप लगाइएका बालबालिकाको मृत्यू भएको भनी गलत प्रचार गर्दा जुनसुकै बेला सजाय भोग्नुपर्ने अवस्था आउने भएकाले कर्मचारीलाई क्रास भएको र सेवाग्राहीले पनि खोपको सेवा लिन नमान्ने अवस्था आएको गुनासो गर्नुभयो ।

ज्ञापन पत्रमा बराङ्दी स्वास्थ्य चौकीका प्रमुख गोमबहादुर क्षेत्री, चापपानी स्वास्थ्य चौकी प्रमुख सिर्जना चापागाई , पोखराथोक स्वास्थ्य चौकी प्रमुख सरोज काफ्ले, चिर्तुङधारा स्वास्थ्य चौकी प्रमुख नोदप्रसाद बस्याल, नायर नमतलेस स्वास्थ्यचौकी प्रमुख निलकण्ठ न्यौपाने, खानीछाप स्वास्थ्य चौकी प्रमुख केशव दर्नाल, दर्लमडाडाँ स्वास्थ्य चौकी प्रमुख रेश्मीराज न्यौपाने, यम्घा स्वास्थ्य चौकी प्रमुख रामप्रसाद न्यौपाने र खानीगाउँ स्वास्थ्य चौकी प्रमुख जिवलाल बस्याल लगायतले हस्ताक्षर गरेका छन् । सरकारको आदेश अनुसार सेवामा खट्दा कुनै सेवाग्राहीको आरोपका आधारमै स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिन थालेकोमा आपत्ति जनाउँदै समस्या समाधानका लागी समेत पहल गर्न स्वास्थ्यकर्मीहरुले सरकार संग आग्रह गरेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *