माघे सक्रान्तीका अवसरमा मगरी खाना संगै साँस्कृतिक महोत्सव हुँदै

पाल्पा, पौष १५
मगरहरुको पर्ब माघे सँक्रान्तीको अवसरमा पाल्पामा मगरी खाना संगै एक दिने सांस्कृतिक महोत्सब हुने भएको छ । नेपाल मगर संघ, पाल्पाले यही पौष २५ गते शुक्रबार दिउँसो १२ बजे देखि तानसेनको टुडिखेलछेउ (लखनथापा पार्क ) निर महोत्सवको आयोजना गरेको हो । महोत्सवका बारेमा जानकारी दिन संघले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मगर संघ, पाल्पाका अध्यक्ष तेज बहादुर घर्ती मगरले महोत्सवमा मगरका प्रचलित खानाका स्टल संगै मगरी सांस्कृतिक कार्यक्रम हुने जानकारी दिनुभयो । खानामा मगरी बटुक, बंगुरको मासु, बन तरुल जस्ता परिकार संगै सांस्कृतिक कार्यक्रममा मगरी झाम्रे, घाटु, सालैजो, जिवैमामा लगाएतका संस्कृतिको प्रर्दशन गरिने अध्यक्ष घर्तीको भनाई थियो । महोत्सवमा २० बढी स्टल रहने आयोजकले बताएका छन् ।

पत्रकार भेटघाट कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ पाल्पाका अध्यक्ष केहरसिंह रानाले , मगरहरुको राष्ट्रिय पर्ब माघे संक्रान्तीमा संघिय सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग गर्नुभयो । बर्तमान संबिधान अधुरो र अपुरो रहेको भन्दै संबिधान संसोधन गर्नुपर्नेमा जोड दिदै अधिबतmा समेत रहनुभएका रानाले प्रदेश ५ को नाम मगरात थारुवान हुनुपर्ने आफुहरुको माग कामय रहेको बताउनुभयो । पत्रकार सम्मेलनमा मगर संघ पाल्पाले नेपाल सरकारले प्रथम शहिद लखन थापा मगरलाई प्रथम शहिदको रुपमा घोषणा गरेपनि सरकारी कार्यालयहरुमा थापा मगरको तस्बिर नराखिएकोमा आपतिm जनाउँदै पाल्पाका सबै सरकारी कार्यालयमा प्रथम सहिद लखन थापाको तस्बिर राख्न समेत सम्वन्धित निकायको ध्यानआर्कषण गराएको छ ।  माघे संक्रान्तीका अवसरमा प्रदेश ५ सरकारले माघ १ र २ गते मगर र थारुको पर्ब मानेर दुई दिन सार्वजनिक बिदा दिने जनाएको छ । मगर संघ, पाल्पाका अध्यक्ष तेज बहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा संघकी उपाध्यक्ष शान्ति झेडीले मगरी खाना तथा साँस्कृतिक महोत्सवले पर्यटन क्षेत्रलाई समेत टेवा पुग्ने बताउनुभयो । संघका सचिव नरेन्द्र सिंजालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *