मगरका तिनवटै भाषा समेटेर मगर डिस्नरी एप सार्वजनिक गरियो

काठमाण्डौं, पौष १४
मगरको तीनवटै भाषा समेटेर मगर डिस्नरी एप सार्वजनिक भएको छ । मगर ढुट, मगर खामरपाङ र मगर काईके भाषाको शब्दकोषलाई समेटेर “मगर डिस्नरी एप” सार्वजनिक गरिएको हो । काठमाण्डौं स्थित मगर संघको केन्द्रीय कार्यालय कलंकीमा सार्वजनिक गरिएको एपलाई नेपाल मगर संघ केन्द्रिय समितिले नेपाल मगर लेखक संघ, मगर ढुट, मगर बिद्यार्थी संघ, मगर खामरपाङ र काईके भाषाका शब्दकोष लेखकहरु संगै प्राविधिक सहयोगी संस्था युएस नेपाल सोलुसन प्रालीको सहयोगमा निर्माण गरेको हो । मगर
बिद्यार्थी संघका निबर्तमान काईके भाषिक उपाध्यक्ष निरज कुमार पुनको पहलमा, आईटी ईन्जिनियर अर्पन बम ठकुरी र बालकृष्ण पुन मगरले यसलाई तयार पारेको नेपाल मगर संघले जनाएको छ । एप सार्वजनिक कार्यक्रममा ईन्जिनियर बम ठकुरी र बालकृष्ण पुनले
घरमै बसेर मगरभाषा सिक्न सजिलो भएको बताउनुभयो ।

“मगर डिस्नरी एप” गुगलमा गएर मगर डिक्सनरी डट,कममा गई डाउनलोड गरि प्रयोग गर्न सकिनेछ वा सिधै प्ले स्टोरमा गएर मगर डिस्नरी एप सर्च गरि प्रयोग गर्न सकिने उहाहरुको भनाई थियो । लोप हुँदै गएका मगर भाषाहरूलाई आधुनिक सुचना प्रविधिको माध्यम बाट आम शमुदायमा पु्र्याउने प्रयास गरेको मगरसंघका अध्यक्ष नबिन रोका मगरले जानकारी दिनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *