पाल्पा, पौष १४
जलविद्युत आयोजनाका लागी ८५ अर्बको लगानी स्वीकृत भएको छ । लगानी बोर्ड नेपालको बोर्ड बैठकले विभिन्न तीन जलविद्युत आयोजनाका लागि सो लगानी स्वीकृत गर्ने निर्णय गरेको हो । माथिल्लो त्रिशुली आयोजनाका लागि ६५ अर्ब बराबरको लगानी स्वीकृत भएको नेपाल लगानी बोर्डका प्रवक्ता बलराम रिजालले बताउनुभयो । २१६ मेगावाटको माथिल्लो त्रिशुली आयोजनामा स्वीकृत भएको लगानी मध्ये ५० अर्ब विदेशी लगानी बताइएको छ ।
यो आन्तरिक रुपमा खपत गर्ने गरी बन्न लागेको जलविद्युत आयोजनामा आएको अहिलेसम्मकै सबैभन्दा ठूलो विदेशी लगानी रहेको जानकारहरुले बताएका छन् । कोरियन कम्पनीले निर्माण गर्ने आयोजनामा विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमले १६ करोड १० लाख डलर ऋण लगानी जनाइएको छ । आयोजनाको कुल लगानी ६४ करोड ७४ लाख डलर अर्थात ६४ अर्ब रुपैयाँभन्दा बढी छ । यसमा १९ अर्बको संस्थापक सेयर छ भने बाँकी लगानी ऋणस्वरुप जुटाउने लक्ष्य प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीको छ । लगानी बोर्डको बैठकले मस्र्याङ्दी बेसी जलविद्युत परियोजनाका लागि आउने ११ अर्ब ७७ करोड ५४ लाख र माथिल्लो त्रिशुली थ्री बी परियोजनामा ८ अर्ब २२ करोडको लगानी पनि स्वीकृत गरेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।