ट्रिपरको ठक्करबाट मृत्यू


दिपक भटराई
पाल्पा, पौष १२
ट्रिपरको ठक्करबाट पाल्पामा एक यूवकको ज्यान गएको छ । तिनाउँ गाउँपालिका ३ ड्यामसाइडनिर ट्रिपरले स्कुटरलाई ठक्कर दिदा चालक बुटवल उपमहानगरपालिका वडा नम्बर १३ रुपन्देही बस्ने २५ बर्षिय सिद्धान्त थापाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार पाल्पा बाट बुटवल जाँदै गरेको लु २ ख १७ ६३ नम्बरको ट्रिपरले सोही दिसा तर्फ जाँदै गरेको लु १९ प २८०३ नम्बरको स्कुटीलाई ठक्कर दिएपछि सो दुर्घटना भएको हो ।

दुर्घटनामा गंभिर घाईते भएका थापालाई प्रादेशिक अस्पताल बुटवल पठाइको तर अस्पताल पुग्नासाथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । सवारी चालक र ट्रिपर नियन्त्रणमा रहेको प्रहरीको भनाई छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *