बालमैत्री बन्दै बगनासकालीका बिद्यालयहरु


दयाराज न्यौपाने
पाल्पा, पौष ११
पाल्पाको बगनासकाली गाउँपालिका ७ खानिगाँउ र वडा नम्बर ८ बराङ्दीका ५ वटा बिधालयलाई बालमैत्री बिधालयको घोषणा गरियो । सभाका प्रमुख अतिथि प्रदेश सांसद तथा नेपाली कांग्रेस पाल्पाका सभापति वीर बहादुर रानाले बाल मैत्री बिधालय घोषणाले समाज बिकासमा टेवा पुर्याउन सफल भएको बताउनुभयो । सांसद रानाले सबैले आफ्नो ठाउँबाट सकारात्मक रुपमा काम गरे चाँदै दिगो बिकासले गति लिने बिश्वास ब्यतm गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बालमैत्री घोषणा कार्यक्रमले दक्ष जनशक्ति उत्पादनमा सहयोगथ पुग्ने बताउनुभयो ।
गाउँपालिकालाई बालमैत्री स्थानिय शासन घोषणा गर्न ३९ वटा सुचकलाई आधार बनाई काम गरिएको र करिव ८० प्रतिशत काम सम्पन्न भैसकेपछि बालमैत्री बिधालय घोषणा कार्यक्रम चलेको गाउँपालिकाका मनोज आचार्यले जानकारी दिनुभयो । वडा नम्बर ७ का खानिगाँउ माध्यमिक बिद्यालय, दैलातुङ्ग आधारभुत बिद्यालय र खानिगाउं आधारभुत बिधालय तथा वडा नम्बर ८ का बेद माध्यमिक बिधालय र कालीगण्डकी इङलिस बोडिङ्ग स्कुल सहित २३ वटा बिधालयलाई बालमैत्री घोषणा गरिएको र बाँकी पौष मसान्त सम्पन्न गर्ने गरी अघि बढेको गाउँ पालिकाका प्रमुख प्रसासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बताउनुभयो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख गुनाराम खनालले पौष महिना भित्र बालमैत्री बिद्यालय घोषणा सम्पन्न गरी चैत्र मसान्त भित्र बालमैत्री स्थानिय शासन घोषणा गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । कार्यक्रममा नेकपा बगनासकाली गाउँ पालिकाका अध्यक्ष हरि प्रसाद पाठक, शिक्षा समिती सदस्य टंक भट्टराई ,शंकर प्रसाद गैर ,बामदेब बस्याल ,मोतीलाल बश्याल, गणेश प्रसाद बश्याल , गुन बहादुर बुढाथोकी ,यज्ञ प्रसाद बश्याल,बिधालयका प्राध्यापकहरु डिल्लीराज पान्डे , नल बहादुर साठीघरे,केसबराज खराल,कल्पना भुसाल लगायतले बोल्नुभएको थियो ।  कार्यक्रममा दुबै वडाका ५ बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक हरुलाई बालमैत्री घोषणा प्रमाणपत्र प्रदान गरिएको थियो । बगनास गाउँपालिकामा हाल ३० वटा सामुदायिक र ७ वटा सस्थागत बिद्यालय रहेका छन् ।  गाउँपालिकाको निति तथा कार्यक्रम अनुसार गाउँपालिकालाई बालमैत्री स्थानिय शासनका लागि बालमैत्री बिद्यालय घोषणा कार्यक्रम गरिएको गाँउसरकारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *