कांग्रेस महाधिवेशन २०७७ फागुनमा पक्का

काठमाण्डौं, पौष ११

नेपाली कांग्रेसको महाधिवेशन २०७७ फागुनमा हुने भएको छ । पार्टीको केन्द्रिय कार्यालयमा शुक्रबार सम्पन्न बैठकले १४ औंँ महाधिवेशन २०७७ सालको फागुनमा गर्ने निर्णय गरेको हो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का प्रभावशाली नेता कृष्ण सिटौलाले शुक्रबारको बैठक बहिष्कार गरे तर सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनको मिति घोषणा गरेको नेपाली काग्रेसले जनाएको छ । बैठकले १४औं महाधिवेशन २०७७ फागुन ७, ८ ९ र १० गते गर्ने गरी निर्णय गरेको हो ।

बैठकले बहुमतका आधारमा कमिटीको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको छ । अन्तरिम संरचनाको काम पुस मसान्तभित्र सम्पन्न गर्न निर्वाचन समितिलाई भनेको र माघबाट क्रियाशील सदस्यता वितरण तथा नवीकरण हुनेछ पार्टीका प्रवतmा विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।  बैठकले तरुण दलको म्याद ६ महिना थपेको छ । पार्टीको केन्द्रीय विभागहरु २८ बाट बढाएर ४१ पुर्याउने समेत निर्णय भएको छ । महाधिवेशन २०७७ साल फागुन ७ गतेदेखि १० गतेसम्म काठमाण्डौमा हुनेछ । संस्थापन पक्षले महाधिवेशन अघि विभिन्न विभाग गठन तथा भ्रातृ संगठनमा तदर्थ समिति बनाउने तयारी गरेपछि वरिष्ठ नेता पौडेल समुहले पनि सम्मानजनक हैसियतको माग गर्दै आएका छन् ।

यसअघि जितजंग नेतृत्वको काग्रेस भातृसंस्था तरुणदलको कार्यकाल सकिएपछि अब कसरी अगाडि बढाउने भन्ने अन्योल भएको थियो । बैठकले एमसीसी पारित गर्न सरकारसँग आग्रह गर्ने तथा नेपाल ट्रष्टको सम्पत्ति दुरुपयोग भएकोबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको पार्टी प्रबतmा शर्माले जानकारी दिनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *