नेल्टाले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

पाल्पा, पौष ४
नेपाल अंग्रेजीभाषाशिक्षक संघ (नेल्टा) पाल्पाको आयोजनामा माध्यमिकतहको अंग्रजीविषय
पाठ्यक्रममा आधारित अंग्रेजी हाजिरी जवाफ प्रतियोगिता तानसेनमा सम्पन्न भएको छ । प्रतियोगिता बेथलस्कुलमा भएको हो । नेल्टा पाल्पाको वर्ष २०१९ को वार्षिक कार्यक्रम अन्र्तगत अंग्रेजीहाजिरी जवाफप्रतियोगिता सम्पन्न गरिएको नेल्टा पाल्पाका उपाध्यक्ष कमलराज बस्यालले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुखअतिथि तानसेन नगरपालिका शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपानेले
विद्यार्थीका प्रतिभालाई बाहिर ल्याउन पाठ्यक्रममा आधारित रहेर आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगिताले सिकाइयोग्य र महत्वपूर्ण रहेको बताउनुभयो ।  सरकारले विद्यार्थी र शिक्षकहरुको लागि पेशागत तालिम तथा विद्यार्थी प्रतिभा प्रस्फुटन जस्ता कार्यक्रमलाई नियमित रुपमा अघि बढाउन नसकेपनि नेल्टाले निरन्तर बिविध शैक्षिक कार्यक्रमहरु आयोजना गर्नु पाल्पाको शैक्षिक उन्नयनको लागि राम्रो भएको न्यौपानेको भनाई थियो । कार्यक्रमा अतिथि बेथल स्कुलविद्यालयव्यवस्थापन समितिका अध्यक्ष माधव नेपालले कितावी ज्ञान संगै बिद्यार्थीहरुलाई अतिरिक्र कृयाकलाप र अन्य ज्ञानगुनमका बिषयहरुलाई ब्यवहारिक रुपमा शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।

तानसेन नगरपालिकाभित्रका २१ वटा सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरुको सहभागिता रहेको कार्यक्रममा बेथलबोर्डिङ स्कुल तानसेनका संगम बस्याल र गरिमाको समुहप्रथम, न्यू होराइज स्कुल तानसेनका उपासना आत्रेय र डोलराज बस्यालको समुह द्वितिय, रिभरभ्याली स्कुल दमकडाका पुजन घिमिरे र अनुपा पान्डेको समुह तृतिय र बृन्दावन स्कुल तानसेनका क्षितिज न्यौपाने र आइशा कौशलको समुह सान्त्वना भएका थिए । कार्यक्रम नेल्टा पाल्पाका अध्यक्ष खेमबहादुर सारुको अध्यक्षता, उपाध्यक्ष कमलराज बस्यालको स्वागत र सचिव हरिप्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको सुर्दशन पाण्डेले जानकारी दिनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *