काठमाण्डौं, पौष ३
सन २०२० मा दक्षिण कोरियाले ५६ हजार बिदेशी कामदार लिने भएको छ । रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत बिदेशि कामदार लगिरहेको कोरियाले यस पटक उक्त कोटाको सार्वजनिक गरेको हो । कक्षिण कोरियाले उद्योग तर्फ ४०,७०० , कृषितर्फ ६,४०० जना,मत्स्यपालन ३०००, निर्माण क्षेत्र २३००, सर्भिस क्षेत्र १०० अन्य थप ३५०० तोकिएको जनाएको छ । यो सबै कोटा नेपालसहित १६ देशको लागी रहेको जनाइएको छ । नेपालको लागि कति कोटा दिने भन्नेबारे खुलेको छैन । केही दिनमा कुन देश लाइ कति कोटा दिने भन्ने बिषयमा सुचना जारि गर्ने कोरियाले जनाएको छ ।
प्रत्येक वर्ष कोरियाले नेपाललाइ उच्च प्राथमिकतामा राख्दै आएको छ । तर इपिएस परीक्षा पास गरेर पनी धेरै नेपाली कोरीया जान पाएका छैनन । उनिहरूले चाडै कोरिया जान नपाएको भन्दै पटक पटक आन्दोलन । यसबारे कोरीया जानकार भएपनि बर्षेनी कामदारको कोटा बढाउने तर माग भएजती कामदार कोरिया नलाने समस्या भैरहेको छ ।
उत्पादन क्षेत्र भन्दा कृषि क्षेत्रमा यो समस्या बढी देखीएको छ । कृषी क्षेत्रमा २०१७ मै कोरियन भाषा पास भएका केहि नेपालीहरु कोरिया जान पाएका छैनन् । २०१८ मा उत्पादन तथा कृषि क्षेत्रमा उर्तिण भएकाहरु पनि कोरिया जान पाएका छैनन् । २०१९मा सिप दक्षता परीक्षा दिएर नतिजाको पर्खाइमा बसेका पनि धेरै छन् । नेपालबाट कोरिया जान ८ सय १५ अमेरिकी डलर अर्थात करिब ९१ हजार रुपैयाँ खर्च लाग्छ । वैदेशिक रोजगार विभाग ईपिएस कोरिया शाखाका अनुसार कोरियामा आर्थिक मन्दी बढेर बिदेशी कामदारको कम माग भइरहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।