पाल्पा, पौष ३
पाल्पा लायन्स लाकौल आँखा अस्पताल, तानसेनका अध्यक्ष चकोरमान शाक्यले जनताको सहयोगमा पहाडी जिल्ला भएर पनि तानसेनमा राम्रो संग आँखा अस्पताल संचालन हुन सकेको बताउनुभएको छ । जनताकै साथ समर्थन र सहयोगमा राम्रो काम गरेको भन्दै पाल्पा लायन्स लाकौल आँखा अस्पतालले गत बर्ष नेपालमै उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल भएको अध्यक्ष शाक्यको भनाई छ । अहिले पनि दैनिक १ सय २५ देखि १ सय ७० जना सम्मले तानसेन अस्पतालबाट दैनिक आँखाको स्वास्थ्य सेवा लिइरहेको उहाँको भनाई छ । बुधबार पाल्पा लायन्स लाकौल आँखा अस्पतालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले अन्य स्थानमा तराईमा मात्रै आँखा अस्पताल संचालन भएपनि सबैको सहयोगले पहाडी जिल्ला तानसेनमा समेत आँखाको अस्पताल राम्रो संग संचालन गर्न सफल भएको बताउनुभएको हो ।
तर पहाडमा डाक्टर टिकाउन भने निकै समस्या भएको उहाँको गुनासो छ । धेरै बिरामी आँउने र नयाँ प्रविधि रहेका ठाँउमा मात्रै आँखाका डाक्टर टिक्न सक्ने अनुभब सुनाउँदै अध्यक्ष शाक्यले पाल्पामा पनि नयाँ प्रविधिको प्रयोगवाट आँखाको उपचार गर्ने गरी अघि बढेको जानकारी दिनुभयो । अस्पतालले गरिआएका कामकारवाहीका बारेमा जानकारी दिने उदेश्यले आयोजित पत्रकार भेटघाट कार्यक्रममा अस्पतालका कार्यबाहक ब्यवस्थापक जीबनाथ गैरेले अस्पतालमा भएका उपलब्धी, समस्या र समाधानका लागी भैरहेका प्रयासका बारेमा जानकारी दिदै आँखामा समस्या भएकाहरुको पहिचान गरी बिभिन्न कार्यक्रम मार्फत आँखाको स्वास्थ्य सेवा प्रदान गर्ने गरी अघि बढेको बताउनुभयो ।
कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्दै अस्पतालका उपाध्यक्ष बुद्धिप्रसाद शर्माले तानसेनमा जसले अस्पतालको स्थापना र संचालन गरेपनि यि सबै पाल्पालीको सम्पतmी रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ पत्रकार मेघराज शर्माले आँखाको हेरचाहा र आँखा स्वास्थ्यका बारेमा बढी चेतनामुलक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष शाक्यको सभापतित्व र सहसचिब राजेन्द्र लिगलको संचालनमा कार्यक्रम भएको थियो । पाल्पा लायन्स लाकौल आँखा अस्पतालले पाल्पाको रामपुर, गुल्मी, अर्घाखाँची लगाएतका स्थानमा समेत सेवा प्रवाह गरिरहेको छ । कार्यालय समयमा बाहेक तानसेन स्थित बिशालबजारमा पनि बिहान बेलुकी पाल्पा लायन्स लाकौल आँखा अस्पतालले सेवा प्रदान गरिरहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।