एसईईको परीक्षा चैत्र ६ गते बाट

काठमाण्डौं, पौष १

यस बर्षको एसईईको परीक्षा चैत्र ६ गते बाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई आगामी चैत ६ गतेदेखि सञ्चालन गर्ने जानकारी दिएको हो । नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गर्दै आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने परिक्षा बोर्डले जानकारी दिएको हो ।
परिक्षा बोर्डका अनुसार पहिलो दिन चैत्र ६ गते अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान र ११ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ । त्यस्तै, चैत १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १३ गते ऐच्छिक गािणत र परीक्षाको अन्तिम दिन १७ गते विभिन्न प्राविधिक विषयको परीक्षा हुने छ । परिक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने हुने छ । यसअघि कम ग्रेड ल्याएकासमेत यहिलेको परिक्षामा सहभागी हुनसक्ने जनाइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *