लागु औषध सहित पाल्पामा दुई यूवा पक्राउ

पाल्पा, मंशिर ३०

पाल्पामा लागु औषध सहित दुई यूवा पक्राउ परेका छन् । बुटवलबाट मोटरसाईकलमा
पोखरा हिडेका अर्जुनचौपारी गाउँपालिका ५ स्याङ्जा घरभई पोखरा महानगरपालीका १७ , कास्की बस्ने २२ बर्षिय बिशाल नेपाली र कास्की मादी गाउपालिका ९ का ३१ बर्षिय किरण गुरुङलाई लागु औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । ग १८ प ८९ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई तिनाउँ गाउँपालीका ३ दोभान झुम्सामा चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीको भनाई छ । उनीहरुको साथ बाट नगद स्रोह हजार, डाईजेपाम ६८ वटा, नुफिन ६८, फेनेरागन ६८ को २ एम्एलको सिसि बरामद गरिएको जिल्ला प्रहरी कार्याल पाल्पाका सुचना अधिकारी कृष्ण सापकोटाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *