शेयरसदस्यहरु लाई सहकारी शिक्षा

पाल्पा, मंशिर २९

मुक्तिनाथ कृषि वहुउद्धेश्सीय सहकारी संस्था लिमिटेड , तानसेन पाल्पाले शेयर सदस्यहरु लाई सहकारी शिक्षाको तालिम दिएको छ । संस्थाका सल्लाहकार भिमसेन कार्कीले सहकारी शिक्षाका बारेमा तालिम दिनुभएको हो । सहकारीले प्रदान गर्ने सेवा सुविधा, सहकारीको महत्व, कृषि क्षेत्रमा सहकारीको लगानी, मुक्तिनाथ कृषि सहकारीको अवस्था भबिश्य, सहकारीको कार्यक्षेत्र, सहकारीले लिने बचत तथा प्रवाह गर्ने कर्जा, व्याजको भिन्नता लगायतका विषयमा सल्लाहकार कार्कीले जानकारी दिनुभयो ।

सहकारी शिक्षा कार्यक्रममा आगामी २०७७ असोज देखी कुनै पनि व्यक्ति सोही प्रकृति, कारोवारको फरक सहकारीमा सदस्य बन्न नपाईने, एउटा मात्र सहकारीको सदस्य बन्नुपर्ने, सहकारी सम्वन्धी स्थानीय, प्रदेश तथा केन्द्र सरकारको निति तथा कार्यक्रम, बहुउद्धेश्यीय सहकारीका निति तथा कार्यक्रमहरु, सहकारीमा शेयर सदस्यको भुमिका तथा जिम्मेवारी, पदाधिकारीहरुको कार्यसंचालन तथा भुमिकाको बारेमा प्रशिक्षक कार्कीले बताउनुभयो ।

पाल्पा जिल्लामा मात्र सहकारीको क्षेत्रमा ५ अर्व सम्मको कारोवार हुने गरेको, जिल्लाभित्र १ हजारको संख्यामा रोजगारी पाएको, हजारौ व्यक्तिहरु प्रत्यक्ष लाभान्वित भएको भन्दै कार्यक्रमका बतmाहरुले सहकारीकै कारण आर्थिक चलायमान भएको बताए । कार्यक्रममा पाल्पा उधोगवाणिज्य संघका अध्यक्ष राजु महर्जनले स सानो बचत देखी ऋण लगानी देखी किसान देखी ठुला ठुला व्यापारीहरु लाई सहकारीले फाईदा पुर्याएको जनाउनुभयो ।

संस्थाका अध्यक्ष मोहनप्रसाद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष देव पचभैयाको स्वागत र सचिव शंकर भण्डारीको संचालनमा भएको कार्यक्रममा कोषाध्यक्ष बिनोद पन्थीले संस्थाको आर्थिक कारोबारका बारेमा जानकारी दिनुभएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *