सिन्धुपाल्चोक, मंशिर २९
सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा १३ जनाले ज्यान गुमाएका छन् । उनीहरुको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेहरुको धुलीखेल लगायतका अस्पतालमा उपचार भैरहेको छ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ मा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटनामा परेको हो ।
कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको सो बस भक्तपुर फर्किंदै गर्दा आइतबार बिहान साढे ८ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएको कार्तिकमा सिन्धुपाल्चोककै सुकुटेमा भएको दुर्घटनामा समेत १७ जनाले ज्यान गुमाएका थिए ।