१६ बर्षिया पत्रकार बलात्कार काण्डका आरोपित माथि अनुसन्धान जारी, थप दुई पत्रकार समातिदै

रुपन्देही, मंशिर २७

१६ वर्षिया पत्रकारलाई बलात्कारको प्रयास गरेको अभियोगमा पक्राउ परेका गुल्मीका पत्रकार शिव सुवेदीलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । अर्घाखाँची घर भई गुल्मी बसेर नागरिक दैनिकको गुल्मी जिल्लाको संवाददाता रहेका सुबेदी नेपकानिकट पत्रकार हुन् । बुटवलको एक एफ, एममा बालकार्यक्रम संचालन गर्ने स्याङ्जाकी मगर थरकी ति बालिकाले गत मंसिर १ गते आफूमाथि बलात्कारको प्रयास भएको भन्दै सुवेदीविरुद्ध ११ गते उजुरी दिए पछि प्रहरीले १६ गते पक्राउ गरेको थियो । गत मंसिर १ देखि ३ गतेसम्म लुुम्बिनीमा भएको ‘लुम्बिनी न्यूज फेस्टिभल’मा सो घटना भएको प्रहरीले जनाएको छ । किटानी जाहेरीमा दोषी भनिएका पत्रकारद्वय रिया बस्नेत र प्रकाश न्यौपानेलाई समेत पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरिक्षक खड्ग बहादुर खत्रीले जानकारी दिनुभयो । बस्नेत र न्यौपानेलाई राजनैतिक संरक्षणकै आधारमा पक्राउ नगरिएको पिडितका आफन्तले दाबी गर्दै आएका थिए । गुल्मीका रिया बस्नेत र प्यूठान घर भएका प्रकाश न्यौपाने सो घटनामा दोषी देखिएकाले उनीहरूलाई पनि पक्राउ गरी अनुसन्धान गर्न लागिएको प्रहरी नायब उपरिक्षक खत्रीको भनाई छ ।

प्रहरीका अनुसार लुम्बिनीमा भएको लुम्बिनी न्यूज फेस्टिभल कार्यक्रममा रिया बस्नेतले नै ति बालिकालाई संगै लगेका थिए । कार्यक्रमको पहिलो दिन मंशिर १ गते राति ९ बजेसम्म कार्यक्रम चलेको थियो । रिया बस्नेत र ती युवती बस्नका लागि लुम्बिनी बुद्ध इन्टरनेशनल होटलको कोठा नम्बर २०१ बुकिङ गरिएको थियो । कार्यक्रम सकेर कोठामा पुग्दा रिया बस्नेत र ती किशोरी संगै पत्रकार शिव सुवेदी र प्रकाश न्यौपाने पनि होटलमा पुगेका थिए । होटलको कोठामा पत्रकार सुुवेदीसहितले बियर मगाएर पिएको होटल संचालकले जनाएका छन् । पछि रिया र प्रकाशले शिब सुवेदी र ति किशोरीलाई सोही कोठामा थुनेर ( बाहिरबाट चुकुल लगाइदिएर ) बाहिरिएका थिए । त्यसपछि पत्रकार सुवेदीले जबरजस्ती बेडमा सुताएर आफ्नो संवेदनशील अंग छुदै मुख थुनेर बलात्कारको प्रयास गरेको ति किशोरीले प्रहरीमा बयान दिएकी छिन् । त्यसपछि किशोरी झ्यालबाट हाम फालेर भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *