झण्डै ११ सयका लागी शाखा अधिकृतको अवसर

काठमाण्डौं, मंशिर २५

झण्डै ११ सयका लागी शाखा अधिकृत हुने अवसर खुलेको छ । लोक सेवा आयोगले शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको हो । आयोगले राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक पदका विभिन्न सेवा समूह तथा उपसमूह अन्तर्गतका पदमा खुलातर्फ ७६८ र बढुवातर्फ ३२८ गरी १ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको छ ।  सबैभन्दा बढी सामान्य प्रशासन सेवातर्फ ५६० पदका लागि विज्ञापन मागिएको छ ।
लेखातर्फ ३०, राजस्व सेवातर्फ ६९, लेखा परीक्षणतर्फ ४२, परराष्ट्र सेवामा ४, न्याय सेवातर्फ ३६३ र व्यवस्थापिका संसद्तर्फ २८ पदमा विज्ञापन खुलेको छ । सामान्य प्रशासनतर्फ १६८ बढुवाका लागि तथा बाँकी २१६ खुला, ५८ महिला, ४८ आदिवासी जनजाति, १५ दलित, ३९ मधेसी, ९ अपांग र ७ पिछडिएको क्षेत्रका लागि भनिएको छ । आयोगले राजस्वतर्फ २० बढुवाका लागि र बाँकीमध्ये २७ खुला, ८ महिला, ५ आदिवासी जनजाति, ५ मधेसी, २ दलित १ अपांग र १ पिछडिएका क्षेत्रका लागि कर्मचारी मागेको छ । लेखातर्फ ९ बढुवाका लागि तथा १२ खुला, ३ महिला, २ आदिवासी जनजाति, २ मधेसी, १ दलित १ र १ पिछडिएका क्षेत्रका लागि भनिएको छ । लेखा परीक्षणतर्फ १३ बढुवाका लागि र १६ खुला, ४ महिला, ४ आदिवासी जनजाति, ३ मधेसी, १ दलित र १ पिछडिएका क्षेत्रका लागि भनिएको छ । परराष्ट्रमा १ बढुवाका लागि तथा २ खुला र १ महिलाका लागि विज्ञापन मागिएको छ ।

न्यायतर्फ ८५ बढुवाका लागि तथा १०९ खुला, २९ महिला, २४ आदिवासी जनजाति, २४ मधेसी, १० दलित ५ अपांग र ४ पिछडिएका क्षेत्रका लागि बिज्ञापन गरिएको छ । कानुनतर्फ १५ बढुवाका लागि तथा १९ खुला, ५ महिला, ४ आदिवासी जनजाति, ४ मधेसी, १ दलित र १ अपांगका लागि बिज्ञापन गरिएको छ । सरकारी वकिलतर्फ ८ बढुवाका लागि तथा ८ खुला, ३ महिला, २ आदिवासी जनजाति, २ मधेसी र १ पिछडिएका क्षेत्रका लागि बिज्ञापन गरिएको छ । व्यवस्थापिका संसद्तर्फ ६ बढुवा तथा १० खुला, ३ महिला, २ आदिवासी जनजाति, २ मधेसी, १ दलित र १ अपांगका लागि बिज्ञापन गरिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *