बिहिबार सार्वजनिक विदा छैन ः गृह मन्त्रालय

पाल्पा, मंशिर २५
बिहिबार सार्वजनिक विदा नभएको गृह मन्त्रालयले जनाएको छ । किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही पर्व भएकाले किरात समुदाय र नेवार समुदायलाई मात्र सार्वजनिक विदा हुने गृह मन्त्रालयले स्पस्ट पारेको हो । गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बिहिबार सार्वजनिक विदा नरहेको र यस बारेमा सरकारले कुनै नयाँ निर्णय नगरेको जानकारी दिनुभयो । केही अनलाईन पत्रिकाहरुले बिहिबार सार्वजनिक विदा भएको भन्दै खबर सार्वजनिक गरेपछि धेरै झुक्किएका छन् । क्यालेन्डरमा पनि बिहिबार विदाको रातो चिन्ह लागेपछि धेरै अलमलमा परेका हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *