पाल्पा, मंशिर २३
बगनासकाली गाउँपालिकामा बिपद योजना निर्माणका लागी सबै वडा स्तरमा छलफल सम्पन्न भएको छ । गाउँपालिकाको स्थानीय बिपद तथा जलबायु उत्थानशील योजना निर्माणका लागि बिभिन्न वडामा, वडा स्तरीय संकटासन्नता क्षमता तथा जोखिम विश्लेषण कार्यक्रम सम्पन्न भएको हो । गाउँपालीकाको सबै वडाका बिभिन्न स्थानहरु चिर्तुङधारा, पोखराथोक, नायरनमतलेश, खाँनीछाप, दर्लमडाँडा, यम्घा, खाँनीगाउ बराङ्दी र चाप्पानीमा प्रकोप बिपदको प्रमुख खतराहरुको पहिचानका लागी छलफल गरिएको हो ।
वडाहरुमा भुकम्प, बाढी, पहिरो, आगलागी, हावाहुरी, चत्याङ्ग लगाएतका प्राकृतिक प्रकोप, गैरप्राकृतिक बिपदले पुर्याउने जनधनको क्षति न्यूनिकरण गर्न , जोखिम घटाउन बिभिन्न उपायहरु अबलम्बन गरिएको छ । साथै वडाहरुले स्थानीय स्तरमा जोखिम पहिचान गरिएको सामाजिक स्रोत नक्सा समेत तयार गरिएको छ ।
वडामा वडा अध्यक्ष लगाएत जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, शिक्षक, बुद्धिजिबी, महिला, जोखिममा परेका बिभिन्न बर्गका समुदायको सहभागीतामा गरिएको उतm संकटासन्नता क्षमता तथा जोखिम बिश्लेषण कार्यक्रममा नेपालमा बिपद अवस्था, जलवायुपरिबर्तन, स्थानीय जोखिम, प्रकृति र प्राकृतिक तथा गैरप्राकृतिक बिपदबाट मानबिय क्षति घटाउने बारेमा समेत छलफल भएको छ । नेपाल क्रियटिभ हाउस काठमाण्डौंका बरिष्ठ कार्यक्रम अधिकृत बिरु नेपालीले कार्यक्रमको बिषयबस्तुमाथि प्रस्ट पार्नुभएको थियो । कार्यक्रममा स्थानीय स्तरमा प्रकोप स्तरीकरण, बिपदमा प्रकोपले पारेको क्षतिका बिवरण, सुचना संकलन, आपतबिपदमा काम गर्न गराउन स्थानीय संघ संस्था र ब्यतिmका क्षमताका बारेमा समेत बिश्लेषण गरिएको जनाइएको छ ।