चितवन, मंशिर २२
अटो पल्टिँदा चितवनमा शनिबार बेलुकी पाँच जनाको ज्यान गएको छ । राप्ती नगरपालिका ४ मा भएको सो दुर्घटनामा एक जना गंभिर घाईते भएका छन् । चितवन प्रहरीका अनुसार चेपाङमार्ग भएर चौकी डाँडा आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भइ दुर्घटनामा परेको हो । तिब्र गतिकै कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । दुर्घटनामा मृत्यू भएका कुस्मा नगरपालिका पिपलटारी, पर्बतका ३५ बर्षिय श्याम प्रसाद तिवारीको मात्रै परिचय खुलेको छ । पहिचा खुल्न नसकेका गंभिर घाईते एक महिलाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।